इरानको ड्रोन कार्यक्रममा अमेरिका र बेलायतले गरे व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा बिहीबार इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् । 

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (यूएभी) कार्यक्रमलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ, “इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण युएभीलाई शक्ति दिने इन्जिनको प्रकारहरू पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो ।”

संयुक्त अधिराज्यले पनि ‘इरानको युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ । 

एजेन्सी

 

Comments

Back to top