दुध पिउने वित्तिकै पानी किन पिउनु हुँदैन ? जान्नुहोस्

भनिन्छ दुध आफैमा एउटा पूर्ण खाना हो । आइरन र क्याल्सियमयुक्त दुधले हामीलाई कैयौं स्वास्थ्य सम्बन्धी फाइदा दिन्छ ।

हाम्रो शरीरमा मिनरल्स र भिटामिनको आवश्यकता दुधले पुरा गर्दछ । यसले हड्डीलाई बलियो बनाउँछ साथै शरीरलाई उर्जा पनि दिन्छ ।

तर दुध पिएपछि पानी पिउनु हुँदैन भन्ने पनि तपाईले सुन्नुभएको होला । यसका साथै अमिलो खाने कुरा पनि दुध पिउनुको तुरुन्त पछि पिउनु हुँदैन । तर तपाईलाई थाहा छ यसको पछाडि के कारण छ ?

एक गिलास तातो दुध पिएपछि यदी तपाईले पानी पिउनुहुन्छ भने यसले तपाईको पेट खराब हुन सक्छ साथै पाचन प्रक्रियामा नराम्रो प्रभाव पनि पार्न सक्छ ।

जो व्यक्ति दुध पिउँदावित्तिकै पानी पिउँछ उनलाई पेटमा भारीपन महसुस हुन्छ । दुध पिउँदावित्तिकै पानी पिउनाले तपाईको पाचन प्रक्रिया ढिला हुन्छ ।

दुधमा भएको प्रोटीनले पेटमा एसिडिटीको समस्या आउन सक्छ । त्यसैले तपाईले दुध पिएपछि तुरुन्तै पानी पिउनुहुन्छ भने अब देखि सावधान हुनुहोला ।

एजेन्सी

Comments

Back to top