नेप्सेमा १०.७१ अंकको गिरावट, ३ अर्ब ४८ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ८६ लाख ९६ हजार ९१८ कित्ता सेयरको करिब ३ अर्ब ४८ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ, १७६ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमलयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा न्याग्दी ग्रुप पावर लिमिटेडको कारोबार भयो।

Comments

Back to top