चीनको औद्योगिक उत्पादन ५ महिनायता पहिलो पटक वृद्धि

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचाङ्क मार्चमा ५० दशमलव ८ देखिएको छ । यो सूचाङ्क गएको फेब्रुअरीमा ४९ दशमलव १ विन्दुमा रहेको थियो । पीएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो ।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाबलगायतका समस्या देखिएका थिए। यस्तै विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो । एजेन्सी

 

Comments

Back to top