जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा ‘फ्रान्सिस स्कट ब्रिज’ भत्कियो, जहाज आगो लागेर डुब्यो

अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १ः३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लागेर जहाज डुबेको छ । 

पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन् । रिपोर्टका अनुसार मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि दुवैतर्फका सबै लेन बन्द गरेर यातायात रोकिएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार सिंगापुरको झण्डा बोकेको यो जहाजको नाम ‘डाली’ हो र यो श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यो जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस पुल १९७७ मा पाटास्को नदीमा बनाइएको थियो ।

 

Comments

Back to top