सिटिजन्स बैङ्कको क्रसवोर्डर व्यावसायिक भुक्तानी सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।

सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकको फोनपे क्यूआर मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।

साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्गप्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

Comments

Back to top