नेपाली बजारमा आए टिसीएल ब्रान्डक साउन्डबार

घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले ‘साउण्ड सिकर’हरुको अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ।

टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ। वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ, तपाईंको घरको आराममा थिएटरजस्तो वातावरण जस्तै महसुस गराउँछ।

जताततै अल्झिने तारहरुलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथ मार्फत वायरलेस काम गर्दछ। टिसीएलका एस ६४३ डब्लु , एस ५२२ डब्लु र एस ३३२ डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्।

अब सहज रूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ।

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्समा एक बिश्वब्यापी ब्राण्ड हो।

Comments

Back to top