वास्तु ज्ञान : घरको भित्तामा भगवान्को तस्बिर टाँस्नु सही कि गलत ?

सामान्यतया हामी सबैको घरमा विशेष पूजा स्थल हुन्छ । कतिपयले पूजास्थलबाहेक घरको भित्तामा देवी/देवताको तस्बिर राख्छन् । वास्तुशास्त्रअनुसार घरलाई देवी-देवताको फोटोले सजाउनु हुँदैन । देवी/देवताको तस्बिर पूजाघरमा मात्र राख्नुपर्छ ।

पूजास्थलको पूर्व वा उत्तर दिशाको भित्तामा देवी/देवताको तस्बिर राख्न सकिन्छ । वास्तुशास्त्र अनुसार घरको हरेक कुनामा भगवान्को तस्बिर राख्नु उचित मानिदैन । यसले नाफाको सट्टा घाटा मात्र निम्त्याउँछ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह र सहयोग आवश्यक हुन्छ ।

Comments

Back to top