जाडोमा पनि फाइदाजनक हुन्छ अंगुर

रातो तथा हरियो दुवै प्रकारका अंगुर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । यसमा भिटामिन सी, फाइबर, पोटाशियम र क्याल्सियम जस्ता धेरै पोषक तत्व पाइन्छन् ।

जाडोमा अंगुरको सेवन गर्नु पनि फाइदाजनक नै मानिएको छ । 

  • अंगुरमा भरपूर मात्रामा फाइबर पाइने भएकाले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले पाचन सम्बन्धी समस्या निको बनाउँछ ।
  • अंगुरमा धेरै त्यस्ता एन्टीअक्सीडेन्ट्स गुणहरु पाइन्छन् जसले मुटुलाई स्वस्थ बनाउने काम गर्छ । कोलेस्ट्रोल कम गर्नका लागि पनि अंगुरको सेवन फाइदाजनक हुन्छ ।
  • हड्डीका लागि पनि अंगुरको सेवन राम्रो मानिन्छ । यसको सेवनले हड्डी सम्बन्धी रोगबाट पनि बचाउने काम गर्छ ।
  • अंगुर तौल कम गर्नका लागि पनि एकदमै सहयोगी हुन्छ । अंगुरको सेवनले शरीरमा भोकको कमी गराइदिन्छ जसले गर्दा धेरै खानबाट बचिन्छ ।
  • अंगुरमा पाइने एन्टीअक्सीडेन्ट्स गुणहरु छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छन् । यसको सेवनले छाला सम्बन्धी हुने समस्याबाट पनि जोगिन सकिन्छ ।
  • अंगुरको नियमित सेवनले आँखाको ज्योती सुधार्ने काम गर्छ । त्यसैले बच्चालाई पनि अंगुर खुवाउनु फाइदाजनक मानिन्छ । यसले उनीहरुको आँखा तेज बनाइराख्छ ।

 

Comments

Back to top