यस्तो समस्या भएका व्यक्तिले भुलेर पनि नखानुहोस् अन्डा

अन्डा हाम्रो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। यसलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर, कतिपयका लागि यस्तो गुणकारी अन्डा पनि नोक्सानदायक हुन सक्छ । आउनुहोस् जानौं कस्ता व्यक्तिका लागि अन्डा खतरनाक हुन सक्छ ?

अन्डामा प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स जस्ता कैयौं पोषक तत्त्वहरू पाइन्छन् । यसबाहेक अन्डामा फोलेट, भिटामिन बी२, बी५, बी१२ फस्फोरस र सेलेनियम पनि हुन्छ ।

यदि कसैलाई कोलेस्ट्रोलको समस्या छ भने उनीहरूले अन्डा सेवन गर्नु हुँदैन । यदि अन्डा खानै परे पनि यसको पहेँलो भाग खानु हुँदैन । यसले झनै कोलेस्ट्रोल बढ्ने सम्भावना हुन सक्छ ।

यदि, तपाईंलाई पाचनसम्बन्धी कुनै समस्या छ भने, अन्डा खानबाट बच्नुपर्छ । अन्डाले पाचन प्रक्रियालाई ढिला गराइदिन्छ ।

यदि, कसैलाई पखाला लागिरहेको छ भने उसले भुलेर पनि अन्डाको सेवन गर्नु हुँदैन । अन्डाले गर्मी गर्छ जसले गर्दा पेट खराब हुने अझै धेरै सम्भावना हुन्छ ।

मुटुसँग जोडिएको समस्या भएका व्यक्तिले पनि अन्डाको सेवन गर्नु हुँदैन । यसले रक्तसञ्चारमा रोकावट ल्याउन सक्छ र मुटुसँग रगत नपुग्ने समस्या हुन सक्छ ।

Comments

Back to top