पाँच लक्षण, जसलाई बेवास्ता गर्दा हुन सक्छ हृदयघात

अहिले कम उमेरमै पनि हृदयघात हुने जोखिम बढेर गइरहेको छ । खराब जीवनशैली, खानपान, उच्च कोलेस्ट्रोल जस्ता कारणले हृदयरोगीको संख्या पनि बढिरहेको छ।

केही लक्षणले हृदयघात तथा हृदय रोगतिर इशारा गरिरहेको हुन्छ । जानौं त्यस्ता लक्षण ।

  • वेबएमडीका अनुसार छातीको बायाँ भागमा दुखिरहनु हृदयघातको लक्षण हुन्छ।
  • छाती पोल्ने, वाकवाकी हुने, अपचको समस्या हुने पनि हृदयघातको संकेत हुन सक्छ ।
  • छाती हुँदै बायाँ काँधतिर दुखाई महसुस हुनुलाई भुलेर पनि बेवास्ता नगर्नुहोस् ।
  • छातीमा दबाब, दुखाई, दुख्दा दुख्दै घाँटीदेखि कानको तल्लो भागसम्म पुग्नु पनि हृदयघातको संकेत हुन सक्छ ।
  • बिनाकारण एकदमै धेरै पसिना आउनु पनि हृदयघातको संकेत हुन सक्छ ।

यी मध्ये कतिपय लक्षण ग्यास्ट्रिकका कारण पनि हुन सक्छन् । अझ एन्जाइटी र मानसिक रोग भएकामा पनि यस्ता लक्षण देखिन सक्छन् । त्यसैले यस्तो लक्षण देखिनासाथ एकदमै आत्तिनु भने हुँदैन ।

आफूमा ग्यास्ट्रिक र मानिसिक समस्या छैन र यी मध्ये कुनै पनि लक्षण लगातार देखिने गरेको छ भने चिकित्सकसँग सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

Comments

Back to top