धेरै ल्वांग खाँदा शरीरमा हुन्छन् यस्ता नोक्सान

ल्वांगको सेवनले मुखको स्वास्थ्यलाई राम्रो गर्छ । साथमा यो सम्पूर्ण शरीरका लागि पनि राम्रो हुन्छ । तर यसको अत्यधिक सेवनले विभिन्न समस्या पनि ल्याउन सक्छ ।

  • कतिपय मानिसको रगत आवश्यक भन्दा धेरै पातलो हुन्छ । यस्ता व्यक्तिले ल्वांगको सेवन गर्नबाट बच्नुपर्छ । यसले रगतलाई अझै धेरै पातलो बनाउन सक्छ ।
  • आवश्यक भन्दा धेरै ल्वांग सेवन गर्दा शरीरमा एलर्जी पनि हुन सक्छ । कतिपयलाई ल्वांगको एलर्जी पनि हुने गर्छ त्यस्तो व्यक्तिले सेवन गर्नु हुँदैन ।
  • आवश्यकता भन्दा धेरै ल्वांग खाँदा मिर्गौला तथा लिवरलाई पनि नोक्सान पुग्न सक्छ । ल्वांगले शरीरमा गर्मी बढाउँछ ।
  • गर्भवती महिलाहरुले ल्वांग खानबाट बच्नुपर्छ । किनकी यो एकदमै गर्मी हुने भएकाले गर्भवती महिलालाई झनै गर्मीको समस्या हुन सक्छ ।

Comments

Back to top