राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् । 

बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए । 

सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गरेका हुन् । 

Comments

Back to top