कारोबार रकमको वृद्धि सहित नेप्सेमा हरियाली !

१९२६.२८मा ओपेनिङ्ग दिएको नेप्सेले आज २२.६६को वृद्धि पश्चात १९४९.०६मा क्लोजिङ्ग दिएको छ।  आज देखिएको कारोबार रकम १ अर्ब २९ करोड बिगत ५ कारोबार दिन कै उच्च हो।  घटिरहेको बजारमा कारोबार भोल्युम न्यून हुदै जादा लगानीकर्ताले सस्तो मूल्यमा आफ्नो सेयर बेच्न नचाहेको र छिटै बजारमा सप्लाई सकिएर डिमाण्ड बढ्ने अनुमान लगाउनु पर्छ। 
रिभार्सलको कन्फरमेसन बजारले दिईनसकेको भएता पनि बजारले माथिकै लय समाएको खण्डमा बजारलाई पहिलो प्रतिरोध १९८०को बिन्दुमा रहने छ।  त्यस पश्चात २०६०-२१००को जोनमा आउने सप्लाईलाई अवशोषण गर्न सके मात्र बजार बुलिश हुनेछ।  

Comments

Back to top