लिभर सिरोसिस के हो र यो किन हुन्छ ?

आजकाल हरेक नेपालीमा देखिने लिभर सिरोसिस बढ्दै गएको देखिन्छ । कतिपय विरामी डाक्टर कहाँ पुगेर अल्ट्रासाउण्ड गरि सकेपछि रक्सीको सेवननै यसको प्रमुख कारण मान्ने गरेका हुन्छन् तर यो सत्य होइन । यो रोग कतिपय अवस्थामा खानपिनबाट पनि हुने गरेको हुन्छ ।

यो रोग लागेका अधिकांश विरामीहरूले लिभर सिरोसिसको वास्तविक कारण केहो भन्ने हुन सक्छ । यसको खास कारण रक्सी खाने मान्छेमा भन्दा नखानेहरूमा कम पाइएको छ । अहिले ‘लिभर सिरोसिस’ भएर अस्पताल आउने विरामीको संख्यामा बृद्धि भएको छ ।

आजकल समयमा सबैको अल्ट्रा साउण्ड गराएर हेर्ने हो भने मलाई लाग्छ यो हरेक व्यक्तिहरूमा देखिन सक्छ । नेपालमा अल्कोहल बढी प्रयोग हुने हुनाले यो समस्या हरेकमा हुन सक्ने अनुमान लगाउन सकिन्छ । हामीले सवैभन्दा पहिले यो रोग केहो भन्ने कुरा जान्न आवश्यक छ । आउनुस् यसको बारेमा जानकारी प्राप्त गरौं ।

के हो लिभर सिरोसिस ?

यो रोग ५०,६० बर्षको उमेरमा देखिने रोगलाई ‘लिभर सिरोसिस’भन्दछन् । यसको प्रमुख कारण खानपान, जीवनशैली हो भन्दा खासै फरक छैन । कलेजोमा लाग्ने सवैभन्दा खतरनाक रोग अन्तर्गत यो पर्दछ । सिरोसिस भन्नाले कलेजोमा देखिने कडापन हो । विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाहरु मर्दै जान थाल्ने हुन्छ ।

मरेका कोषिकाहरु बिगार्ने कुरालाई हटाउने हो भने फेरि जस्ताको तस्तै हुन सक्दछ । तर सही उपचार नपाउँदा वा दैनिक जस्तो रक्सी पिउनाले बिग्रिने क्रम बढ्दै जान्छ । यसको उपचार समयमा गरिएन भने क्यान्सरको रोगमा परिणत हुन सक्छ । शुरुको अवस्थामा कलेजो सुन्निछ तर बिस्तारै कलेजो सुक्दै जान्छ र काम गर्न नसक्ने साना साना गाँठाहरुले कलेजोको कोषिकाको ठाउँ लिन्छ । यसलाई लिभर सिरोसिस भनिन्छ ।

सिरोसिस रोग विग्रन गएमा लिभरले काम गर्न छोडछ । अर्थात प्रत्यारोपण गर्नुको विकल्प छैन । यद्धपि कुनै कुनै अवस्था जस्तैः ‘हेपाटाइटिस वि’ ले गराएको र समयमै त्यसको उपचार भएको खण्डमा कहिले काही निको भएको उदाहरण पनि छ । तर यो एकदमै दुर्लभ केश हो ।

लिभर सिरोसिस लाग्नुको प्रमुख कारण रक्सी नेपाल र विश्वका धेरै देशहरुमा लिभर सिरोसिस हुनुको प्रमुख कारण रक्सी सेवन नै हो । नियमित रुपमा खाने रक्सीले कलेजो सुन्निदै जान्छ किनभने रक्सीको मात्रा बढेसंगै कलेजोमा बोसो जम्दछ । बोसो जमेपछिको अवस्थामा जण्डिस देखा पर्ने गर्दछ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।

यस् अवस्थाबाट बिरामी बाँचेमा र रक्सी सेवन अझै गरेमा लिभर सिरोसिस हुन्छ । एकै बिरामीमा यी तिनै अवस्था अथवा बोसो जम्नु, जण्डिस देखिनु र सिरोसिस हुन पनि सक्दछ । चिकित्सा विज्ञानले पुरुषहरुले दैनिक अल्कोहोल लगातार सेवन १० बर्षसम्म गरेमा कलेजोमा समस्या निम्त्याउन सक्छ । तर महिलामा भने ठिक विपरीत थोरै रक्सी खायमा पनि सिरोसिस हुन सक्छ । पुरूषको तुलनामा रक्सी पचाउन सक्ने इन्जाइम महिलामा कम हुनाले यो रोग लाग्ने सम्मभावना बढी हुन सक्छ ।

लामो समयसम्म रक्सी सेवन गरेमा यो रोग लाग्ने सम्भावना वढी हुने गर्दछ । चिकित्सकका अनुसार कम्तीमा १० बर्ष रक्सी खाएमा यो रोग देखिने भनेका छन् । तर रक्सी नखाएका व्यक्तिहरूमा पनि यो रोग देखिन सक्छ यसको ठोस कारण भाइरल हेपाटाइटिस मानिएको छ । रक्सी र भाईरस बाहेक लिभर सिरोसिस गराउने रोग हरुमा ‘अटोईम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस, विलसन डिजिज, हेमोक्रोमाटोसिस, बड्चियारि सिन्ड्रोम आदी पर्दछन । सिरोसिस गराउने अर्को कारण फ्याटी लिभर लाई पनि मानिएको छ ।

उपचार

१. लिभर सिरोसिस भए नभएको एकिन गर्न भिडियो एक्सरे गरेर हेर्ने र उपचार गराउने गरेमा समयमा रोगको उपचार गराउन सहज हुनेछ । यो रोग लागेका मान्छेहरुको उपचार आयुर्वेदिक औषधिबाट चाँडो निको हुने गर्दछ । यो रोगको उपचार डाक्टरसंग परामर्श लिएर गराउन सकेमा राम्रो हुनेछ । बोसोको मात्रा बढी हुनेहरूले फ्याटि लिभरको औषधि खानुपर्ने हुन्छ ।

२. मेरो सुझाव सकेसम्म रक्सी नखानुस् भन्ने हो । यदि खान नछोडने हो भने ७-८ दिन बिराएर खानु । त्यसो गर्दा रक्सीले बिगारेको कलेजो पुन: स्वस्थ बन्छ ।

३. नियमित रक्सीले विगार्ने कलेजो केही दिन रक्सी खान छाडने हो भने पुरानै अवस्थामा काम गर्न पनि सक्छ । त्यसैले रक्सी सकेसम्म नखानुस् । छोड्न नसक्नेहरूले केही समय ग्याप गर्ने गर्नुस् । तर यस्ता रोगलागेको थाहा हुनासाथ सदाको लागि रक्सी छोड्न सके ठूलो उपलब्धि हुनेछ ।

४. आजकाल आयुर्वेद, एलोपैथिकमा फ्याटि लिभरको औषधि आइसकेको छ । डाक्टरको परामर्श लिएर यस्ता औषधि सेवन गर्न सकिन्छ ।

Comments

Back to top