मुलुकलाई द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन्: उपमहासचिव पोखरेल

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाई द्वन्द्वतर्फ धकेल्न केही शक्ति लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाई संकेत गर्दै उपमहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

'द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,' उनले भने । 

कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, 'नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।'

८ दलीय गठबन्धनमा अझैँ  राप्रपा, राष्ट्रिय  स्वतन्त्र पार्टी थपिनेमा पनि उपमहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

शक्तिपृथकिकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई फाइदा नै पुग्ने जिकिर गर्दै उपमहासचिव पोखरेलले  शक्ति  दुरुपयोग गर्ने प्रवृत्तिलाई यसले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

 

Comments

Back to top