अनुहारमा तुरून्तै चमक ल्याउन मेवाको प्रयोग

कहिलेकाहीँ हामी कुनै कार्यक्रममा धेरै चाँडो पुग्नुपर्छ । हतारमा हामीसँग पार्लरमा गएर फेसियल वा क्लिन्ज गराउने समय हुँदैन । फेसियल नगरी कतै जान पनि मन लाग्दैन ।

यस्तो अवस्थामा महिलालाई के गर्ने थाहा हुँदैन । यदि तपाईं कहिले यस्तो अवस्थामा फस्नुभयो भने धेरै चिन्ता नगर्नुहोस् । हामीले तपाईंको लागि उत्तम घरेलु उपचार ल्याएका छौँ । यसको मद्दतले तपाईंले अनुहारमा तुरुन्तै चमक पाउनुहुनेछ।

तपाईंले आफ्नो अनुहारमा तुरुन्त चमक ल्याउनको लागि मेवाको प्रयोग गर्न सक्नुहुन्छ । मेवा स्वास्थ्य र सौन्दर्यका लागि धेरै फाइदाजनक छ । यसमा धेरै यस्ता गुण पाइन्छ, जसले तपाईंको छालालाई तुरुन्तै चम्किलो बनाउँछ । यसमा पाइने मिनरल्स र बिटा क्यारोटिन छालाका लागि निकै फाइदाजनक हुन्छ । तुरुन्तै चमक प्राप्त गर्न मेवाको कसरी प्रयोग गर्ने जानौँ-

मेवा र मह फेस मास्क

आधा कप मेवाको गुदी पिसेर त्यसमा १ चम्चा मह मिसाउनुहोस् । त्यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र १५/२० मिनेट पछि धुनुहोस् । उक्त फेस मास्कले तपाईंको छालालाई मुलायम र चम्किलो बनाउँछ ।

मेवा र दहीको फेसप्याक

दहीमा मेवाको गुदी मिसाएर फेस प्याक बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् । १५/२० मिनेट पछि धुनुहोस् । यसले तपाईंको छालालाई चम्किलो बनाउनेछ ।

मेवाको रस र कागतीको रस

मेवाको रसमा कागतीको रस मिसाएर अनुहारमा लगाउँदा पनि छालामा चमक आउँछ । यसले तपाईंको छालाको दाग हटाउन मद्दत गर्छ ।

एजेन्सी

Comments

Back to top