सुदुरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तै सर्त

सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण भोली लिन खोजिएको विश्वासको मत अन्यौलमा परेको छ ।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन् । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बने पछि सुदुरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ तर शनिवार दुवै दलले सर्त राखे पछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । यद्धपी विश्वासको मत लिनु अघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । 
 

Comments

Back to top