विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने विश्वप्रकाश शर्माको सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् । 

विराटनगरमा शुक्रबार आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।

आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएका महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएको कमिकमजोरीको समीक्षा गरेर यसपटक आफूहरु सेरेमोनियल राष्ट्रपति निर्वाचनमा धेरै सक्रियता देखाउनुपरेको बताए। 
 

Comments

Back to top