पेटमा भएको जुकालाई पन्छाउने घरेलु उपायहरु यस्ता छन् !

प्राय मान्छेलाई पेटमा जुका परेको लक्षण वा संकेत थाहा हुन्छ भने कतिपयलाई भने थाहा हुँदैन । पेटमा जुका पर्दा विभिन्न लक्षणहरु देखा पर्छन् । जस्तै एकदमै पेट दुख्ने, खाना नपच्ने, पखाला लाग्ने, खाना खाने बित्तिकै दिसा लाग्ने, दिसामा रगत देखिने, बान्ता हुने, ग्यास हुने वा शरीर सुन्निने, गुदद्वार चिलाउने र पाइल्स समेत हुने जस्ता लक्षणहरु देखा पर्छन् ।

त्यस्तै व्यक्ति एकदम कमजोर हुनुका साथै छालामा पनि समस्या देखिन्छ । आज हामी पेटको जुकालाई बाहिर निकाली पूर्णरुपमा निर्मुल पार्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ ।जुन १०० प्रतिशत प्रभावकारी, प्राकृतिक र लाभदायी हुन्छ ।

लसुन

१/२ केस्रा लसुनलाई पिसेर पेस्ट बनाउने । त्यसपछी यो पेस्टमा थोरै नुन मिसाएर सेवन गर्नुहोस् । यसले पेटको जुकालाई नष्ट पार्न मद्धत गर्दछ ।

ज्वनो

ज्वनोको सेवन गर्नाले पेटसम्बन्धी जस्तोसुकै समस्याबाट पनि छुटकारा पाइन्छ । त्यस्तै पेटको जुका निर्मुल पार्न पनि ज्वनो एकदम प्रभावकारी मानिन्छ । यसको लागि एक गिलास पानीमा एक चम्चा ज्वनो भिजाएर राख्ने । केहि घण्टा सम्म भिजाएर राखेपछी ज्वनोलाई छानेर यसको पानी पिउने । त्यसैगरी भिजाएको ज्वनोलाई पनि चपाई चपाई खान सकिन्छ ।

तुलसीको पात

तुलसीको पात एक अद्भुत गुण भएको घरेलु औषधी हो । यसले पेटको जुकालाई बाहिर निकाली यो समस्याबाट सधैँका लागि छुटकारा दिलाउँछ । यसको लागि तुलसीको पातको पेस्ट बनाएर यसको रस निकालेर सेवन गर्नुहोस् या तुलसीको पातलाई यत्तिकै चपाएर पनि खान सकिन्छ । यो औषधी दिनमा दुइ पटक उपयोग गर्नुहोस् ।

निमको पात

निमको पातले हरेक किसिमको ब्याक्टेरियालाई खतम गर्छ । किनकी निमको पातमा एन्टीबयोटिक र एन्टीब्याक्टेरियल गुण हुन्छ । निमको पातलाई पिसेर पेस्ट बनाउने र यसमा थोरै मह मिसाएर खाने । यसरी सेवन गर्नाले पेटको जुका तुरुन्तै नाश हुन्छ ।

मुला

मुलाले पनि पेटको जुका मारेर बाहिर निकाल्न मद्धत गर्दछ । यसको लागि काँचो मुला चपाएर वा यसको रस बनाएर सेवन गर्न सकिन्छ ।

अदुवा

घरेलु औषधी मध्ये अदुवा एक महत्वपूर्ण र बढी प्रयोग हुने औषधी हो । यसले पेटमा लागेको जुकालाई नष्ट पार्न मद्धत गर्दछ । यसको लागि अदुवालाई सानो सानो टुक्रा पारेर काट्ने । अब यो काटेको अदुवामा थोरै मह र कालो नुन मिसाएर मज्जाले चपाई चपाई खानुहोस् । यो उपाय दिनमा २ पटक प्रयोग गर्नुहोस् ।

गाजर

गाजरलाई सानो सानो टुक्रामा काटी मिक्सीमा पिसेर यसको जुस बनाउने र यो जुस सेवन गर्ने । गाजरले पेटको जुकालाई मारेर बाहिर निकाल्न मद्धत गर्छ ।

तीतेकरेला

एक गिलास मन तातो पानीमा एक चम्चा तितेकरेलाको जुस मिसाएर पिउनुहोस् । यसले पेटको जुकालाई बाहिर निकाल्न मद्धत गर्छ ।

अनारको छिल्का अर्थात् बोक्रा

अनारको छिल्कालाई घाममा सुकाउने। सुकेपछी यसलाई पिसेर पाउडर बनाउने । यो अनारको बोक्राको पाउडरलाई दिनमा दुई पटक सेवन गर्नुहोस् । यस औषधीले पेटको जुकालाई खतम पार्छ ।

Comments

Back to top