कुन दिशामा शिरानी राखेर सुत्दा के हुन्छ ? थाहा पाउनुहोस् !

वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, वास्तु शास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ। 

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

 

सुत्दा सधैँ आफ्नो सिरानी कुन दिशातर्फ फर्किएको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सुत्दा उत्तर र पश्चिम सिरानी गरेर सुत्दा शरीरभित्र नकारात्मक भावको विकास हुन्छ, जसको कारण उक्त व्यक्तिलाई बढी तनाव हुने गर्छ । त्यसैले सुत्दा सधैँ पूर्व वा दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु पर्छ ।

वास्तु नियमअनुसार पूर्व र दक्षिणतर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई धेरै किसिमको मानसिक समस्याहरू हुन्छ भनिएको छ। त्यसैले सुत्दा पश्चिम र दक्षिण दिशातर्फ पैताला फर्काउनु हुँदैन।

दक्षिण दिशातर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई रोगब्याधी हुने प्रबल सम्भावना रहन्छ । यस्तै उक्त व्यक्तिमा स्मरण क्षमतामा समेत कमी आउने गर्छ । वास्तु शास्त्रअनुसार दक्षिण दिशामा यम र दुष्ट देवहरूको निवास रहेको हुन्छ ।

सूर्य पनि पूर्वबाट उदाएर पश्चिम दिशामा अस्ताउने गर्छ । जसको कारण ऊर्जा प्रवाह भएको उल्टो दिशामा सुत्नु राम्रो मानिँदैन ।

वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ।

त्यसैले सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ।

Comments

Back to top