चिसो मौसममा बच्चाहरूलाई कुन-कुन फलफूलको जुस दिने ?
चिसोबाट जोगिन जो कसैले पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । चिसो मौसममा रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । यस्तो समयमा विशेष गरेर बच्चालाई ‘सिजनल फ्लू’ले दु:ख दिने गर्छ । चिसो मौसममा बच्चाहरुको इम्युनिटी मजबुद बनाउनका लागि कस्तो जुस पिउन दिने त ?
गाजरको जुस
स्वास्थ्यको लागि गाजरको जुस निकै फाइदाजनक मानिन्छ । यसले बच्चाहरुलाई बिरामीदेखि टाढा राख्दछ । गाजरको जुसले इम्युनिटी बलियो बनाउन मद्दत गर्दछ ।
स्ट्रबेरी तथा किवीको जुस
चिसो मौसममा स्ट्रबेरी तथा किवीको जुस बच्चाहरुलाई दिनहुँ पिउन दिन सकिन्छ । यसले बच्चाहरुलाई बलियो बनाउन र फिट राख्न मद्दत गर्दछ ।
चुकन्दरको जुस
चिसो मौसममा चुकन्दरको जुस पनि फाइदाजनक मानिन्छ । यसले बिरामीदेखि बचाउनुका साथै रगतको कमी हुन दिँदैन।
स्याउको जुस
स्याउको सेवनले बिरामीदेखि टाढा राख्न मद्दत गर्दछ । स्याउमा भरपूर मात्रामा भिटामिन र मिनिरल्स पाइन्छ ।
सुन्तलाको जुस
चिसो मौसममा सुन्तलाको जुस बच्चाहरुका लागि निकै राम्रो मानिन्छ । यसमा पाइने भिटामिन सीलगायत अन्य पोषक तत्वले बच्चाहरुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
एजेन्सी
Comments