फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

लघुवित्त वित्तीय संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ।

लघुवित्त वित्तीय संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

एजेन्सी

Comments

Back to top