प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२२ अंकले बढ्यो !
सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२२ विन्दुले बढेको छ।
आइतबार १९.५६ अंकले बढेर २,६९८.०३ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७०१.२६ मा खुलेको हो। कुल १२,०५२ कित्ता सेयरको खरिदबिक्री करिब ८९ लाख २५ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ७५ कम्पनीमध्ये ४१ को मूल्य बढ्यो भने २७ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
Comments