बलेफी हाइड्रोपावरको १७ लाख ९८ कित्ता सेयर लिलामी खुला
आज फागुन ५ गतेदेखि बलेफी हाइड्रोपावरले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद फागुन १९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेकोछ ।
यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।
बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ ।
एजेन्सी
Comments