प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५५ अंकले घट्यो !
आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५५ विन्दुले घटेको छ।
बिहिबार ७.२६ अंकले घटेर २,६७८.४७ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६७६.९१ मा खुलेको हो। कुल २५,५९४ कित्ता सेयरको खरिदबिक्री करिब २ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ६७ कम्पनीमध्ये २८ को मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
Comments