नेपालकै सबैभन्दा बलियो दाबी गर्दै ‘अनर एक्स ९ सी’ स्मार्टफोन आउँदै

आफूलाई सबैभन्दा बलियो भनेर दाबी गरेको अनरको अनर एक्स९सी स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुने भएको छ।

अनर एक्स ९ बी को सफलतापछि कम्पनीले नेपालमा एक्स९सी ल्याउन लागेको हो। कम्पनीले यसको मार्केटिङमा नेपालकै सबैभन्दा बलियो स्मार्टफोन भएको दाबी गरेको छ।

अनर एक्स ९ बी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएएचको दीर्घकालीन ब्याट्री, ३६० डिग्री एन्टी ड्रप सुरक्षा, १०८ मेगापिक्सेलको क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो।

६.७८ इञ्चको कर्भ घुमाउरो एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट र १२०० निट क्षमताको ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो।

अब अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी फाइभजी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको  कम्पनीको दाबी छ।

एजेन्सी

 

Comments

Back to top