कुमारी बैंकको २४ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंक लिमिटेडले कुल २४ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले जोकोही सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने प्रावधान राखिएको थियो ।
यो शेयर ३५ दिनभित्र किनिसक्नु पर्नेछ । शेयर किन्नका लागि आवश्यक कागजात संलग्न गरी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।
एजेन्सी
Comments