नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको भागदौडमा १५ जना मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ ।
भागदौडको खास कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
‘दुईवटा रेल ढिलाइ भएको र त्यहाँ धेरै मानिस जम्मा भएको कारण यस्तो अवस्था सिर्जना भएको हुनसक्छ,’ डीसीपी रेलवे केपीएस मल्होत्राले भने, ‘भागदौडको खास कारण अनुसन्धानपछि थाहा हुनेछ । यो काम रेलवेले गर्नेछ ।’
एजेन्सी
Comments