करेलासँग कहिल्यै नखानुहोस् यी चिज
करेला स्वादमा तितो हुन्छ, तर यसको सेवनले रगत सफा मात्र हुँदैन, स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ ।
मधुमेहका लागि करेला रामवाण हो, किनकि यसले चिनीको मात्रालाई बढ्न दिँदैन ।
करेलासँग खान नहुने खाद्य पदार्थ
मिठा फलफूलहरूको सेवन करेलासँग गर्नुहुँदैन । एक रिपोर्टकोअनुसार करेला खाँदा मिठा फलहरू जस्तै – आँप, केरा आदिको सेवनबाट बच्नुहोस् । किनकि करेला तितो हुन्छ । यदि तपाईंले मिठा फल खानुभयो भने तितो र गुलियो स्वादको मिश्रणले खानाको स्वाद मात्र बिगार्दैन, पेटलाई पनि हानि पुर्याउँछ।
करेलाको परिकारसँग दूध वा डेरी उत्पादनहरूको सेवन कहिल्यै गर्नुहुँदैन । दूधसँग करेला खाँदा स्वाद, फ्लेभर, टेक्स्चर परिवर्तन हुन्छ । दूध वा अन्य कुनै डेरी उत्पादनहरूलाई तितो करेलासँग मिसाएर खाँदा हानिकारक प्रतिक्रिया हुनसक्छ । साथै, खानाको स्वाद पनि बिग्रन्छ ।
कतिपयले तितो करेलाको स्वादलाई राम्रो बनाउन मह मिसाउँछन्, जसले गर्दा यसको तितोपना कम होस् र गुलियोपन आओस्, तर यस्तो गर्नु पनि गलत हो । कहिल्यै पनि करेलामा मह हालेर नपकाउनुहोस्, नत्र यसले शरीरमा विषाक्त पदार्थ बन्नसक्छ ।
करेलाको स्वाद तितो हुने भएकोले यसमा मसलाहरू पनि नहाल्नुहोस् । दालचिनी, कालोमरिच, जाइफल, ल्वाङजस्ता खडा मसलाहरू करेलाको कुनै पनि परिकारमा नहाल्नुहोस्, नत्र स्वाद अझै पिरो, तितो हुनेछ र यो खान योग्य हुनेछैन ।
गल्तीले पनि करेलालाई त्यस्ता खाद्य पदार्थहरूसँग मिसाएर नपकाउनुहोस् वा नखानुहोस्, जसमा एसिडको मात्रा धेरै हुन्छ ।
यसमा अमिलो फलफूल र तरकारीहरू पर्छ । उदाहरणका लागि गोलभेँडालाई करेलासँग खाँदा यसको तितोपना अझै बढी तीव्र हुनसक्छ । एसिडिक तत्त्वले करेलाको तितोपनालाई अझै बढाउँछ, यसप्रति नकारात्मक रूपमा प्रतिक्रिया गरेर । यसले स्वाद पनि बिगार्न सक्छ ।
एजेन्सी
Comments