अमेरिकि संसदमा ‘डिभी’ कार्यक्रम अन्त्य गर्ने घोषणा प्रस्ताव दर्ता
संसारबाट इडिभि भिसा कार्यक्रम अन्तर्गत अमेरिकामा बर्षको ५५ हजार बिदेशी आप्रवासी प्रवेश गर्थे । यो डिभी भिसा चिट्ठाको रूपमा मान्यता प्राप्त थियो । यो चिट्ठा प्रक्रियाबाट कस्ता खालका र कस्तो चरित्र भएका ब्यक्तिहरु अमेरिका प्रवेश गर्छन भन्ने कुरामा स्वयं अमेरिकालाइ पनि थाहा हुँदैनथ्यो। यो कम्प्युटर प्रणालीबाट छानिन्छ। यस्तो गर्दा सीप नभएका मानिसहरु पनि अमेरिका प्रवेश गर्थे ।
अन्ततः अमेरिकी संसदमा डिभी भिसा प्रोग्राम (EDV) भिसा कार्यक्रम खारेज गर्ने सम्बन्धी बिल दर्ता भएको छ। उक्त बिल दर्ता गर्ने अमेरिकी साम्सद हुन रेप माइक कोलिन्स, उनले प्रस्तावमा यो भिसाको औचित्य समाप्ति सम्बन्धि कडा तर्क प्रस्तुत गरेका छन। जुन तर्कलाई अमेरिकी रास्ट्रपति ट्रम्पले अब अध्यादेश मार्फत भिसाको समाप्ति सम्बन्धि घोषणा गर्नेछन।
आफ्नो बिल प्रस्तुतिमा साम्सद कोलिन्सले यो भिसालाई औचित्यहीन भनेका छन। रास्ट्रपति ट्रम्पले पनि साम्सद कोलिन्सले प्रस्ताव गरेको बिललाई स्वीकृत गर्ने बलियो संभावना बढेको छ किनकि ट्रम्प आफै पनि यो भिसाको विपक्षमा पहिले देखिनै उभिएका थिए।
यो भिसाको कारण अमेरिकामा सुरक्षा माथी नै चुनौती थपिएको कुरा कोलिन्सले प्रस्तुत गरेको बिलमा छ। यो भिसा कुनै योग्यता र सीपको आधारमा नभै चिट्ठाको आधारमा दिइने भएकोले अमेरिकाको लागि यसबाट कुनै पनि प्रकारको लाभ छैन। यसबाट रास्ट्रको लागि अनावश्यक बोझ मात्रै थपिको र राज्यको लागि भार भएको कुरा कोलिन्सले उक्त बिलमा उल्लेख गरेका छन।
नेपाल, बङलादेश, भारत, भुटान, अफगानिस्तान तथा दक्षिणी पुर्वी देशहरूबाट डिभी भिसा अन्तर्गत थुप्रै मानिसहरु आप्रवासनका लागि जानी गरेका थिए । खास गरेर अमेरिकी सरकारले आफ्नो देशमा बिबिध प्रकारका धर्म, सस्कृती, रहनसहन भएका देशहरुबाट मानिसहरु लिएर आप्रवासनमा राख्थो । यो केही हदसम्म सास्कृतिक बिबिधिकरणको लागि पनि थियो भनिन्छ। तर यस्ता खालका योजनाले अमेरिकालाइ फाइदाको अलवा केवल सुरक्षा चुनौती मात्रै थपिएको कुरा अहिले आएर ट्रम्प प्रशासनले स्वीकार गरेको छ।
ट्रम्पले दोस्रोपल्ट चुनाव जितेर अमेरिकाको कार्यकारी प्रमुख भएपछि आन्तरिक प्रशासन र अन्तर्राष्ट्रिय कुटनितिमा समेत व्यापक परिवर्तन
ल्याउदै छन। उनी आफ्नो मुलुकमा अनावश्यक रूपमा दोस्रो तेस्रो मुलुकका मानिसहरुलाइ प्रवेशमा अब कडाइ गर्दैछन। खास गरेर बिदेशी आप्रवासीका कारण, देशमा बेरोजगारी बढेको, आफ्ना जनता रोजगारीबाट समेत बन्चितीमा परेको र सुरक्षानितीमा नै थ्रेड आएकोले डिभी भिसा कार्यक्रमलाई अब रद्ध गर्न मनासिक देखिएको कुरा कोलिन्सको बिलमा उल्लेख छ। र ट्रम्पले यसलाई तत्काल लागू गर्ने सम्भावना छ।
Comments