दिनमा कति नुन खाने, बढी भए के हुन्छ ?
आधुनिक जीवनशैलीले हामीलाई सुविधा त दिएको छ, सँगसँगै अस्वस्थकर खानपानको संस्कार पनि विकास गरेको छ ।
विशेषगरी नुनको अत्यधिक सेवन हाम्रो स्वास्थ्यका लागि गम्भीर खतरा बन्दै गएको छ । हामीकहाँ बजारिया खाना रेस्टुरेन्ट फुड तथा प्रशोधित खाद्य पदार्थको प्रयोग बढेसँगै नुनको मात्रा नियन्त्रणभन्दा बाहिर जान थालेको छ । विशेषतः चाउमिन, मःम, फ्राइड चिप्स तथा अन्य प्रशोधित खाद्य पदार्थ अत्यधिक नुनयुक्त हुने गर्छन् । यस्तो खानाबारे सुरुमै सचेत भइएन भने निकट भविष्यमा उच्च रक्तचाप, मुटुरोग र मिर्गौलासम्बन्धी रोगको दर उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।
श्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, वयस्क व्यक्तिले दैनिक पाँच ग्राम (१ चिया चम्चा) भन्दा बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश व्यक्तिहरू दिनभरि प्रशोधित खाना, फास्ट फुड तथा बाहिरका खानाहरू सेवन गर्दा यसभन्दा बढी नै सेवन गरिरहेका हुन्छन् ।
नुनको मुख्य तत्त्व सोडियम हो, जसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ तर अत्यधिक सोडियम सेवन गर्दा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ, जसले रक्तचाप वृद्धि गराउँछ । उच्च रक्तचापको अवस्था लामो समयसम्म रहिरहेमा मुटु, मिर्गौला, मस्तिष्क, र हड्डीसम्बन्धी गम्भीर रोग निम्तिन सक्छन् ।
Comments