अस्ट्रेलियन डलर घट्दा यी ६ देशका मुद्राको भाउ स्थिर
आज २०८१ फागुन २ फेब्रुअरी १४, २०२५ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।
जसअनुसार आज अस्ट्रेलियन डलरको मूल्य घटेको छ भने विभिन्न देशका मुद्राको विनिमय दर बिहीबारको तुलनामा स्थिर रहेको छ ।
आज अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८६.९५ रुपियाँ र बिक्री मूल्य ८७.३२ रुपियाँ रहेको छ । हिजो भने खरिद ८७.१६ रुपियाँ र बिक्री ८७.५३ रुपियाँ थियो ।
यसदिन अमेरिकी डलरको १ बराबर खरिद दर १३८.७४ रुपियाँ र बिक्री दर १३९.३४ रुपियाँ रहेको छ । हिजो पनि यही दरमा कारोबार भएको थियो ।
अमेरिकी डलरसँग साउदी र कतारी रियाल, युएई दिराम, हङकङ डलर र ओमानी रियालको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ ।
Comments