मिथिला लघुवित्तले माग्यो डीसीइओ, यसरी दिन सकिन्छ दरखास्त
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दरखास्त माग गरेको छ ।
लघुवित्तले रिक्त पदपूर्ति गर्नेगरी डीसीईओको दरखास्त खुलाएको हो ।
इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ । दरखास्त लघुवित्तको इमेल [email protected] वा संस्थाको केन्द्रीय कार्यालय मिथिला नगरपालिका–६, ढल्केबर धुनषामा बुझाउनुपर्नेछ ।
दरखास्त फाराम भने संस्थाकै वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
Comments