सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो

मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको सबै भेरिएन्टमा अब ६ वटा एयरब्याग उपलब्ध हुने जनाएको छ । सेलेरियो ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाईएको मोडल हो ।

यसअघि मारुती सेलेरियोलाई दुईवटा एयरब्याग सहित अफर गरिएको थियो । यसको ईन्ट्रि लेभल भेरियन्टमध्ये एकमा ६ वटा एयर प्रस्तुत गरेपछि, सुजुकीले आफ्ना अन्य साना कारमा पनि सोही अनुसार अपडेट गर्ने अनुमान गरिएको छ ।

६ वटा एयरब्याग सहित अपडेट भएर आएसंगै सेलेरियो ३२ हजार ५०० भारु महंगो भएको छ । यसको टप स्पेक भेरिएन्ट जेडएक्सआई प्लस एएमटी भेरिएन्टमा केही नयाँ प्रिमियम फिचर समेत राखिएको छ ।

सेलेरियो भीएक्सआई एमटी, भिएक्सआई सिएनटजी एमटी, भिएक्सआई एएमटी, एलएक्सआई एमटी, जेडएक्सआई एमटी, जेडएक्सआई प्लस एमटी गरी कुल ७ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ ।

एजेन्सी

Comments

Back to top