नेप्से इन्ट्राडे अपडेट: २.२८ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २.२८ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २.२८ अङ्कले बढेर २,७१८.१८ मा आएको हो। २९७ कम्पनीको ८,६२६,३३९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब २२ करोड ९६ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments