सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।
लाभांश बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण हुने इन्स्योरेन्स कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।
एजेन्सी
Comments