अमेरिकामा एक करोड एक लाख अवैध आप्रवासी, २०५ भारतीयलाई पठायो फिर्ता

अमेरिकाको ट्रम्प प्रशासनले अवैध रुपमा बसिरहेका २०५ भारतीयलाई फिर्ता पठाएको छ । डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपतिको कुर्सी सम्हालेको पहिलो दिनमै अवैध रुपमा बसिरहेका आप्रवासीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । 

सो अनुसार २०५ भारतीय आप्रवासीलाई फिर्ता पठाएको छ । रोयटर्सका अनुसार युएस एयरफोर्सको सी–१७ ट्रान्सपोर्ट एयरक्राफ्ट अवैध आप्रवासी लिएर भारतको अमृतसरका लागि उडिसकेको छ । 

यो प्रक्रियामा भारतसमेत सामेल भएको छ । ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो डिपोर्ट गर्ने वाचा गरेका थिए । 

इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेनट (आईसीई) का अनुसार १५ लाख अवैध आप्रवासीको विवरण तयारी अवस्थामा रहेको छ । 

तीमध्ये १८ हजार भारतीय हुन् । यसरी लुक्नेमा सयौँ नेपालीसमेत रहेका छन् । 

यसअघि ट्रम्पले ११ दिनमा १७ सय अवैध आप्रवासी भारतीयलाई हिरासतमा लिइसकेको छ । विश्वभरका गरी २५ हजार भन्दा बढीलाई प्रशासनले पक्रिएको छ । 

आईसीईले १२ राज्यमा छापा मारेको थियो । 

एजेन्सी

Comments

Back to top