राष्ट्रपति पाैडेलसँग बेलायतका राजकुमार दम्पतीकाे भेट

नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आज दिउँसाे राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एड्वार्ड र उनकी श्रीमती सोफियाले पाैडेलसँग भेटवार्ता गरेका हो । भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुगेका हुन् । दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

बेलायती राजकुमार दम्पती ब्रिटिश गोर्खाको शिविरमा जाने कार्यक्रम छ । यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ ।

बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उनीहरू आउँदो आइतवार स्वेदश फर्कनेछन् ।

एजेन्सी

Comments

Back to top