प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५७ अंकले बढ्यो !
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५७ विन्दुले बढेको छ।
सोमबार २.४१ अंकले बढेर २,७३०.०० मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७३३.५७ मा खुलेको हो। कुल ७,३०५ कित्ता सेयरको खरिदबिक्री करिब ५२ लाख ७५ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ७१ कम्पनीमध्ये ४० को मूल्य बढ्यो भने २५ कम्पनीको मूल्य घटेको छ । बाँकी ४ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
यस अवधीमा कुल १११ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments