आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।

कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा केही कर्मचारी माग गरेको हो।

वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने लघुवित्त संस्थामा क्रमशः ५ वर्ष, ४ वर्ष र ३ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।

सुपरभाइजर र वरिष्ठ सहायकको हकमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सुपरभाइजर पदको कम्तीमा ४ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। वरिष्ठ सहायकको लागि ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। स्नातक तह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

Comments

Back to top