नेप्सेमा ६९.८० अंकको वृद्धि, १२ अर्ब ९५ करोडको सेयर कारोबार!
आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २,७२७.५८ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३० कम्पनीको कुल २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयरको करिब १२ अर्ब ९५ करोड ५७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ, ३७ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।
प्रमुख कारोबार
यस दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ९७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।
Comments