नेप्से इन्ट्राडे अपडेट: ५४.२१ अंकको वृद्धि!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ५४.२१ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ५४.२१ अङ्कले बढेर २,७११.९९ मा आएको हो। ३१८ कम्पनीको १३,१५७,७५८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ६ अर्ब ८० करोड ३२ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा ङादी हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments