उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा

उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्त कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् । साधारण सभा, होटल सनस्टार इन्टरनेसनल प्रा।लि, भैरहवामा विहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top