दिल्लीमा केजरीवालसँग भरोसा सकिएको भन्दै आपका ७ विधायकले दिए राजीनामा
भारतको दिल्लीमा सत्ता चलाइरहेको आम आदमी पार्टीका सात विधायकले विधानसभा चुनावको सङ्घारमा पार्टी परित्याग गरेका छन् ।
दिल्लीमा यही जनवरी ५ तारिखमा विधानसभा चुनावको मतदान हुँदैछ । मतगणना ८ तारिखमा आउने छ ।
चुनावको ठिक पाँच दिन पहिले सात विधायकले पार्टीबाट राजीनामा दिएपछि आम आदमी पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ ।
राजीनामा दिएका विधायकमा नरेश यादव, रोहित कुमार, राजेश ऋषि, मदन लाल, पवन शर्मा, भूपेन्दर सिंह र भावना गौड छन् ।
राजीनामा दिएका विधायकले आफूहरूको पार्टी मुखिया अरविन्द केजरीवालसँग भरोसा सकिएको बताएका छन् ।
यद्यपि, राजीनामा दिएका सबै विधायकको टिकट आम आदमी पार्टीले यसपटक काटेको थियो ।
दिल्लीमा विगत लामो समयदेखि केजरीवालले ठूलो बहुमतसहित नेतृत्व गरिरहेका छन् । तर, यसपटक भने उनलाई चुनौती रहेको राजनीतिक विश्लेषकको दाबी छ ।
एजेन्सी
Comments