दैनिक अमला सेवनले स्वास्थ्यमा पुग्ने फाइदा
अमलाको सेवन सामान्यतया कपाल कालो र बाक्लो बनाउनको लागि गरिन्छ । तर, यो कपालको मात्र नभई शरीरका धेरै अन्य समस्याहरू पनि हटाउन मद्दत गर्छ ।
अमलामा धेरै पौष्टिक हुन्छ । यसलाई एन्टिअक्सिडेन्टको कारण सौन्दर्यको सामग्रीमा धेरै प्रयोग गरिन्छ । यसलाई आयुर्वेदिक औषधिको रूपमा छाला र कपालको स्वास्थ्यमा सुधार गर्न प्रयोग गरिन्छ ।
फाइदाहरू –
पाचन प्रक्रियाका लागि लाभ
अमलामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रक्रिया राम्रो राख्न मद्दत गर्छ । त्यसैले अमलाको सेवनले पेटसम्बन्धी समस्या हटाउँछ ।
मधुमेह नियन्त्रण
अमलामा क्रोमियम हुन्छ, जसले मधुमेहको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
तौल घटाउन मद्दत
तौल कम गर्न काँचो अमला खानुहोस् । साथै, अमलाको धुलोलाई मह र मनतातो पानीसँग पिउनुहोस् । केही दिनमै फरक देखिन थाल्नेछ ।
महिनावारी नियमित राख्छ
अमलामा पाइने खनिज र भिटामिनहरूले महिनावारीको समयमा हुने पीडाबाट राहत दिन र मासिक धर्मलाई नियमित गर्न मद्दत गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
अमलामा भिटामिन–सी प्रशस्त मात्रामा पाइने हुनाले यसलाई प्राकृतिक रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने मानिन्छ ।
मुटु सम्बन्धी समस्याबाट राहत
अमलाको धुलोले मुटुको मांसपेशीहरूलाई बलियो बनाउँछ । यसले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।
भोक बढाउँछ
महसँग अमलाको धुलो मिसाएर सेवन गर्नाले भोक बढ्छ । अमला ज्वरो, अपच, रक्तअल्पता (एनिमिया)का लागि पनि फाइदाजनक हुन्छ ।
रगत सफा गर्छ
अमलाले प्राकृतिक रूपमा रगत सफा गर्छ । अमलाले कोलाजेन बढाउन पनि मद्दत गर्छ, जसले छालालाई जवान राख्छ ।
एजेन्सी
Comments