महिनावारीको समस्याका लागि आर्युवेदिक टिप्स
महिनावारीको बेला टाउको दुख्ने, पेट तथा कम्मर दुख्ने, मुड स्विंग्स तथा वान्ता हुने जस्ता कैयौं समस्याहरु देखिन्छ ।
यस्तोमा केही महिलाहरु सधैं औषधीको नै सहारा लिन्छन् । तर सधैं औषधीको प्रयोग गर्नु सही उपाय होइन । यसलाई केही आयुर्वेदिक उपायहरुले पनि समस्याको समाधान गर्न सकिन्छ ।
आर्युवेदिक डाक्टरका अनुसार महिनावारीमा देखिने यस्ता समस्यालाई जरैदेखि फाल्न त सकिँदैन तर समस्यालाई कम गर्न एकदमै सम्भव छ । यस्तै आयुर्वेदिक उपाय अन्तरगत तपाईं बदाम तथा किसमिसको सेवन गर्न सक्नुहुन्छ ।
महिनावारीको बेला तपाईं अन्य अमिलो पिरो खालको खाना खानु भन्दा बिहान खाली पेटमा भिजाएको बदाम र किसमिसको सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।
त्यस्तै फलफूलहरु प्राकृतिक रुपमै चिसो तथा मिठो हुने गर्दछन् । फलफूलको सेवन गर्दा पनि शरीरमा चाहिने पोषक तत्व प्रयाप्त मात्रामा पुग्छ जसले गर्दा महिनावारी अघि वा पछि हुने समस्याहरुबाट निजात पाउन सकिन्छ ।
त्यस्तै प्राकृतिक फ्याटहरु जस्तै घ्यू, जैतुनको तेल, नट्सहरु आदि पनि सेवन गर्न सकिन्छ । यस्तो खानेकुराहरुले शरीरमा हर्मोनहरुलाई नियन्त्रित राख्ने गर्दछ । जसले गर्दा यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
त्यस्तै शारीरिक तथा मानसिक दुबै प्रकारका स्वास्थ्यका लागि सबैभन्दा राम्रो उपाय छ योग तथा मेडिटेशन । यसले शरीरको तनाव कम गर्नुका साथै विभिन्न दुखाई तथा तनावबाट राहत दिन्छ । त्यसैले महिनावारीको बेला मात्र नभएर अन्य समयमा पनि नियमित योग तथा मेडिटेशन गर्नु एकदमै फाइदाजनक हुन्छ ।
त्यस्तै शारीरिक दुखाई हुँदैमा सम्पूर्ण रुपले निस्कृय भएर बस्नु पनि समस्यालाई अझै बढाउनु हुन्छ । त्यसैले नियमित काम तथा व्यायामहरु गर्नु हरेक प्रकारले फाइदाजनक हुन्छ। नियमित हल्का कामहरुमा व्यस्त राख्दा दुखाई तथा अन्य समस्याहरुबाट समेत ध्यान हट्छ । जो एकदमै आवश्यक छ ।
एजेन्सी
Comments