प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुन: सुरु गर्ने इच्छा व्यक्त
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सँग वार्ता पुन: सुरु गर्ने इच्छा व्यक्त गरेका छन् । साथै उनले जारी मुद्दाहरूलाई सम्बोधन गर्न संसदीय समिति गठन गर्ने प्रस्ताव गरेको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
सङ्घीय मन्त्रिपरिषद् बैठकमा सरिफले पिटिआईको प्रस्तावपछि समिति गठन गरी सुरु भएको पिटिआईसँगको अघिल्लो वार्तालाई सम्झाए ।
इमरान खानले स्थापना गरेको पार्टीले राष्ट्रिय सभाको अध्यक्षमार्फत लिखित माग पेस गरेको र सरकारले लिखित जवाफ दिने अपेक्षा गरिएको उनले बताए । तर पिटिआईले २८ जनवरीको निर्धारित बैठक रद्द गर्यो ।
प्रधानमन्त्री सरिफले लिखित मागको लिखित जवाफ दिनु तार्किक भएको बताए । सन् २०१८ को चुनावपछि विपक्षीहरू कालो पट्टी बाँधेर संसद्मा प्रवेश गरेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले चुनावसँग सम्बन्धित चिन्ताको छानबिन गर्न संसदीय समिति गठन गर्न पहल गरेको उनले बताए ।
एजेन्सी
Comments