नेपाली अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायीहरुले बजारमा ल्याए नयाँ नेपाली लुब्रिकेन्ट

नेपाली बजारमा नयाँ नेपाली लुब्रिकेन्ट आरएपीएल (RAPL) बिक्री–वितरणका लागि उपलब्ध भएको छ ।  लामो समय देखि पार्ट्स व्यवसायमा संलग्न प्रतिष्ठित कम्पनी रिता अटोमोबाइल्स सहित ७ सेयरधनी संलग्न रहेको रिता अटोमोटिभ प्रा.लि.ले ‘आरएपीएल’ नामक लुब्रिकेन्ट बजारमा उपलब्ध गराएको हो ।

रुपन्देहीको देवदह–१२ मा रिता अटोमोटिभको प्लान्ट रहेको छ । लगभग १५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो प्लान्टबाट मासिक रुपमा १०० टन सम्म लुब्रिकेन्ट उत्पादन गर्ने क्षमता छ । बजारको माग अनुसार यसको क्षमता २०० टन सम्म बढाउन सकिने कम्पनीको भनाइ छ ।

रिता अटोमोटिभले इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज र अन्य इन्डष्ट्रियल आयल उत्पादन गर्छ । यस अनुसार २५० मिलिलिटर देखि २१० लिटर सम्मका प्याक साइजमा यी लुब्रिकेन्ट उपलब्ध हुन्छन् ।

कम्पनीले भारतको विश्वासिलो कम्पनीबाट उत्पादित भर्जिन बेस आयल लगायतका कच्चा पदार्थको प्रयोग गर्ने बताएको छ । प्लान्टमा आवश्यक उपकरण सहित उच्च प्रविधिको प्रयोगशाला रहेको छ ।

दक्ष प्राविधिकहरुको निगरानीमा लुब्रिकेन्ट उत्पादन गरिने र यसका लागि वरिष्ठ प्राविधिकहरुले गुणस्तर नियन्त्रणको कार्य गर्छन् ।

१२ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको सो कम्पनीमा एउटा प्रत्यक्ष विदेशी लगानी (FDI)समेत रहेको बताइएको छ। उत्पादन विस्तारको क्रममा प्याकेजिङ र कच्चा सामग्रीको लागि थप ५ करोड रुपैयाँको विशेष लगानी गरिएको छ ।

रिता अटोमोटिभ प्रालिको नामबाट लुब्रिकेन्टको ब्रान्ड नेम आरएपीएल राखिएको हो । अटोमोबाइल व्यवसायमा करिव ३० वर्षको अनुभव भएका सेयरधनीहरुको सहकार्यमा स्थापना भएको यो कम्पनी अन्तर्गतका सेयरधनीहरुले एक हजार थोक तथा खुद्रा बिक्रेताहरुसँगको प्रत्यक्ष सञ्जालमा रहेर काम गरिरहेको बताएका छन् ।

यो समूह रिता ग्रुपको नामले परिचित रहेको र ग्रुपको विश्वास तथा अनुभवका कारण नै प्लान्ट स्थापना गरिएको रिता अटोमोटिभ प्रालिका अध्यक्ष नवराज भुसालले बताए ।

भविष्यमा अन्य अटोमोबाइल कम्पोनेन्ट समेत उत्पादन गर्ने र उत्पादनको दायरा थप फराकिलो पार्ने उनको भनाइ छ ।

नेपाली बजारमा दर्जनौ ब्रान्डका विदेशी र केही स्वदेशी लुब्रिकेन्ट समेत उपलब्ध भएको समयमा अब नयाँ ब्रान्डको रुपमा आरएपीएल उपलब्ध भएको छ ।

हालै बजारमा उपलब्ध भएकाले कम्पनीले काठमाडौंका साथै पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज, दाङ, वीरगन्ज, हेटौंडा, बर्दिवास र इटहरी लगायतका स्थानमा डिलर आह्वान समेत गरेको छ ।

एजेन्सी

Comments

Back to top