शहरका मान्छेमा यस्तो कारणले धेरै कम्मर दुख्ने समस्या देखिन्छ

हिजोआज शहरका मानिसमा धेरै कम्मर दुख्ने समस्या देखिइरहेको छ । विभिन्न अध्ययनमा पनि शरीरको दुखाई तथा कम्मरको दुखाई शहरका मान्छेमा धेरै हुने गरेको देखिएको छ ।

यहाँ केही कारण बारे जानौं जसले गर्दा कम्मरको दुखाई हुने गर्दछ ।

  • पहिलो कारणमा पर्छ उमेर, किनकी उमेर बढ्दै गएपछि स्वतः मानिसमा कम्मर दुख्ने समस्या देखिन थाल्छ ।
  • उमेर बढ्दै जाँदा शरीरमा भिटामिन डी, क्याल्सियम लगायत अन्य भिटामिनको कमी हुन्छ जसले गर्दा कम्मरमा दुखाई हुन्छ ।
  • साथै व्यस्त जीवन बिताउने र घरै घरले भरिएको शहरमा बस्ने मानिस घामको किरण तथा प्रकृतिसँग धेरै घुलमिल नहुनका कारणले पनि भिटामिन डीको कमी देखिएको पाइन्छ ।
  • केही गम्भीर तथा पुराना दुखाई पनि हुन्छन्, जो शारिरीक फिटनेस नहुँदा निस्कन्छन् ।
  • अफिसमा धेरै समय बसेर काम गरिरहने व्यक्तिलाई पनि रिडको हड्डीमा समस्या देखिन्छ साथै कम्मरमा पनि समस्या देखिन्छ ।

एजेन्सी

Comments

Back to top